


काठमाडौं, १९चैत । हर्क साम्पाङले संसद बैठकमा समयपालन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा कडा टिप्पणी गरेका छन्।
बिहीबारको बैठकमा बोल्दै उनले संसद निर्धारित समयभन्दा ढिलो सुरु भएकोप्रति असन्तुष्टि जनाउँदै भने, “संसद बैठक सुरु गर्न आज १६ मिनेट ५५ सेकेन्ड ढिला भयौँ। नेपाली समय हो भनेर २ बजेको बैठक ३ बजे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। समयको ख्याल गरौँ।”
उनले आफू व्यक्तिगत भावना होइन, जनताको आवाज बोकेर संसदमा आएको स्पष्ट पार्दै भने, “मनको कुरा होइन, म जनताको कुरा राख्छु।”
साम्पाङले सत्तापक्ष र प्रतिपक्षबीच बोल्ने समयको असन्तुलनप्रति पनि प्रश्न उठाए। “सत्तापक्षले ४० मिनेट बोल्न हुने, प्रतिपक्षलाई ३ मिनेट पनि नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले जोड दिए।
