सदनमा महावीर: म याे ठाउँमा आउनै नपर्ने मान्छे हुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सदनमा महावीर: म याे ठाउँमा आउनै नपर्ने मान्छे हुँ

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    काठमाडौं, १९ चैत । प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभएको बताएका छन्।प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफू समाजसेवीकै रूपमा रहने बताए।

    उनले सदनमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुने बताए। उनले अगाडि भने, ‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ।’

    उनले आफू चुनावमा लड्ने रहन नहुँदा नहुँदै लडेको बताए। उनले जेनजी आन्दोलनपछि आफूहरूलाई किताब बेच्दा बेच्दै ल्याएर शिक्षामन्त्री बनाइएको बताए।

    उनले शिक्षा क्षेत्र सुधारको लागि नियमावली र अध्यादेश ल्याउनको लागि टुप्पीदेखिको बल लगाएर प्रयास गर्दा पनि नभएपछि मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न हिँडेको बताए।