एशियन लाइफको वार्षिकोत्सव: ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एशियन लाइफको वार्षिकोत्सव: ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न वितरण

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८२, शनिबार

    दमौली, २१ चैत । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा तनहुँ शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    शुक्रबार व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रम मा आयोजित कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

    कम्पनीले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    उक्त कार्यक्रममा आश्रम व्यवस्थापन पक्षले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दैनिक सञ्चालनमा ठूलो राहत मिल्ने बताएका छन्।