फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८२, शनिबार

    पाेखरा, २१ चैत पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो ।

    महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए । उनले नेपाल प्रहरीसहितको सहयोगमा टहराहरू भत्काउन सुरू गरिएको पनि बताए ।

    यसअघि नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय उल्लेख गरिएको थियो ।