लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८२, शनिबार

    लमजुङ, २१ चैत । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उकालो चढिरहेको जिप सडकबाट ५० मिटरजति तल खसेको थियो ।

    जिपमा चालकसहित १४ जना सवार रहेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरू सबै घटनास्थलमा घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको मृत्यु भएको छ ।

    मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीइ त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूमध्ये गम्भीर रहेका तीन जनालाई चितवन रेफर गरिएको डीएसपी बस्नेतले जानकारी दिए । यस्तै चालक करण अधिकारी पनि घाइते रहेकाले दुर्घटना सबै कारण खुलिनसकेको उनले बताए ।