


दमौली, २१ चैत । व्यास नगरपालिका वडा नं. १ नव आदर्श टोलस्थित नव आदर्श आमा समूहको २२ औँ साधारणसभा तथा १३ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ।
वडा नं. १ का वडाध्यक्ष रमेश चन्द्र हडखलेको प्रमुख आतिथ्यता तथा आमा समूहकी अध्यक्ष सीता अधिकारीको सभापतित्वमा सम्पन्न अधिवेशनबाट पार्वती हडखलेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना हडखले, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा रामेश्वरी लौडारी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा मनबुजा अधिकारी, शान्ता गुरुङ, सपना अधिकारी, सकुन्तला के.सी., सावित्री लौडारी, मिनुता अधिकारी र कृष्ण देवी कुँवर चयन हुनुभएको कानुनी सल्लाहकार तथा निर्वाचन संयोजक डम्बरदेव हडखलेले जानकारी दिए।
कार्यक्रममा वडाध्यक्ष रमेश चन्द्र हडखले, कानुनी सल्लाहकार डम्बरदेव हडखले, समूहका पूर्व अध्यक्ष चन्द्रग्यानी थापा, निवर्तमान अध्यक्ष सावित्री हडखले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव कल्पना हडखलेले गरेकी थिइन् भने भने कोषाध्यक्ष सुष्मा सिलवालले आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।