


दमौली, २३ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को दाेस्राे त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय तनहुँ २१औँ स्थानमा परेकाे छ । पहिलाे चाैमासिकमा २३ औँ स्थानमा रहेकाे तनहुँ प्रशासन दाेस्राे चाैमासिकमा २१ औँ स्थानमा पुगेकाे हाे ।
मूल्याङ्कन अनुसार तनहुँले १८.१८७५ अंक प्राप्त गरेको हो। कार्यसम्पादन मूल्याङ्कन गृह मन्त्रालयअन्तर्गत तोकिएका सूचकका आधारमा गरिएको हो । जसमा सेवा प्रवाह, प्रशासनिक दक्षता, उजुरी व्यवस्थापन तथा समग्र कार्यप्रगति समेटिएको जनाइएको छ।
