


दमौली, २३ चैत । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति तनहुँको तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
अधिवेशनले भानु चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा शिव आचार्य, सचिवमा दीपक भट्टराई, कोषाध्यक्षमा किशोर पन्त र सह–सचिवमा जीवनकुमार बिक चयन भएका छन् ।
त्यस्तै सदस्यमा मीन बहादुर लामिछाने चयन हुनुभएको छ भने एक सदस्य पछि मनोनित गरिने जनाइएको छ।
नव-निर्वाचित कार्यसमितिलाई अधिवेशनका प्रमुख अतिथि प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आयुर्वेद क्षेत्रको विकास, व्यवसायलाई व्यवस्थित बनाउने तथा सेवा विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।