फाेहरमैला व्यवस्थापनका लागि अस्थायी जग्गा खाेज्दै व्यास नगरपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फाेहरमैला व्यवस्थापनका लागि अस्थायी जग्गा खाेज्दै व्यास नगरपालिका

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८२, मंगलवार

    दमौली, २४ चैत । तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि अस्थायी रूपमा जग्गा उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ।

    नगरपालिकाले दिगो फोहरमैला व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरीद गर्न नेपाल सरकारसँग अनुमति माग गरेको भए पनि हालसम्म स्वीकृति प्राप्त नभएको जनाएको छ। यसैबीच, हाल प्रयोगमा रहेको फोहर व्यवस्थापन स्थलमा खाडल भरिन लागेको र अब वैकल्पिक स्थान खोज्नुपर्ने अवस्था आएकोले तत्कालका लागि अस्थायी समाधान आवश्यक परेको नगरपालिकाले जनाएको छ।

    प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार करिब १० वर्षसम्मका लागि फोहरमैला व्यवस्थापन गर्न मिल्ने खाल्डो भएको जग्गा आवश्यक परेको हो। यसका लागि नगरपालिकाले सम्भव भएसम्म कम दुरीमा पर्ने उपयुक्त जग्गा उपलब्ध गराउन सक्ने व्यक्ति वा संघ–संस्थासँग प्रस्ताव आह्वान गरेको छ।