


दमौली, २४ चैत । तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा मङ्गलबार एक वर्षीय छोरासहित आमा मृत अवस्थामा फेला परेकी छन् ।
सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकको कटुसको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनका छोरा कुमार सरिताको बायाँ हातको काखमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।