पुष्पाञ्जली अस्पतालसँग आँबुखैरेनी–३ को सम्झौता, २५ प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पुष्पाञ्जली अस्पतालसँग आँबुखैरेनी–३ को सम्झौता, २५ प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८२, शुक्रबार

    दमौली, २७ चैत । चितवनको भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा. लि. र आँबुखैरेनी गाउँपालिका-३ बीच स्वास्थ्य उपचार सहुलियतसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    उक्त सम्झौतामा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले र वडा नं. ३ का वडाध्यक्ष दिनेस केसीबीच हस्ताक्षर गरिएको छ ।

    सम्झौता अनुसार अब आँबुखैरेनी–३ का वडाबासी, निर्वाचित पदाधिकारी, कर्मचारी तथा बिरामीहरूले उक्त अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्।

    वडाबासीको स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको वडाध्यक्ष केसीले बताए । उनले भने, “हामी वडाबासीको सेवाका लागि हरपल समर्पित छौं। यस सहकार्यले विशेषगरी आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुग्नेछ र समयमै गुणस्तरीय उपचार सेवा लिन सहजता हुनेछ।”