बन्दिपुर केवलकारले बन्दिपुर बजार सम्म निशुल्क सटल बस सेवा सुरु गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दिपुर केवलकारले बन्दिपुर बजार सम्म निशुल्क सटल बस सेवा सुरु गर्ने

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८२, शुक्रबार

    दमौली, २७ चैत । पहाडकी रानी उपनामले प्रसिद्व बन्दिपुरमा संचालित बन्दिपुर केवलकारले स्थानीय समुदाय र पर्यटकलाई डेडिकेटेड सेवा दिनको लागि केवलकारको माथिल्लो स्टेशनदेखि बन्दिपुर बजार सम्म निशुल्क सटल बस सेवा संचालन गर्ने भएको छ ।

    नयाँ वर्ष २०८३ बैशाख १गते देखि नियमित संचालनमा आउने गरी यस प्रकारको सेवा संचालन गर्नको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोमनमाण श्रेष्ठले जानकारी दिए ।

    २०८२ जेष्ठ ३ गते देखी केवकारले सेवा प्रदान गर्दै आएकोमा थप सेवा विस्तार गर्ने सेवा सुविधाहरु थप्दै गएको हो । यस सेवाले पर्यटक र स्थानीय समुदायलाई केवलकारको सेवा उपभोग गर्न निकै सहज हुने देखिएको छ । यस अघि तल्लो स्टेशन देखि डुम्रे बजारसम्म निशुल्क सटल बस सेवा संचालनमा आएको थियो । अब दुबै तर्फ यस प्रकारको सेवा उपलब्ध हुने बस व्यवस्थापक दिपक कार्कीले बताए ।