तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८२, शनिबार

    दमाैली, २८ चैत । यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए । स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।