जन्मदिनमै अस्ताए खतिवडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जन्मदिनमै अस्ताए खतिवडा

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८२, शनिबार

    दमाैली, २८ चैत । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुदा दुई जनाको निधन भएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा स्कुटर चालक मुक्तिनाथ शुक्लागण्डकी च्यावनधामका पुजारी गणेश खतीवडा र पछाडि सवार गाछेपानीका कृष्ण भुजेल रहेका छन् ।

    च्यवनधामका पुजारी खतिवडाको आज जन्मदिन रहेको छ । दुर्घटना पहिलेसम्म उनलाई सामाजिक सञ्जालमा शुभकामना दिइरहेको देखिन्छ । शनिबार दिउँसो पोखराबाट बेलचौतारातर्फ जादैं गरेको बा ११ च ७३६५ नम्बरको पिकअप भेनले डिभाइडर नै क्रस गरेर विपरित दिशाबाट गुडिरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा घाइते एक जनाको तनहुँ सेवा हस्पिटल दुलेगौंडामा र अर्का घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पिकअप भेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।