


दमौली, १ वैशाख । व्यास नगरपालिका को आयोजनामा दमौलीमा जारी अन्तरजिल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल भोलि बुधबार बिहान हुने आयोजकले जनाएको छ।
आज सम्पन्न पहिलो चरणका खेलहरूमा बाइ परेको शुक्लागण्डकीले व्यासमाथि जित निकाल्दै फाइनल यात्रा तय गर्यो। यस्तै, भिमादले देवघाट गाउँपालिका विरुद्धको खेलमा जित हासिल गरेको थियो।
त्यसैगरी भिमादले ऋषिङ गाउँपालिकासँगको खेलमा पनि विजय हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।