भक्तजनलाई सामाजिक अभियन्ता अविनाश पन्थद्वारा पानी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भक्तजनलाई सामाजिक अभियन्ता अविनाश पन्थद्वारा पानी वितरण

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८२, मंगलवार

    दमौली, १ वैशाख । नयाँ वर्ष २०८३ काे पहिलाे दिन मंगलबार तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक स्थल छाब्दीबाराही मन्दिरमा आएका भक्तजनलाई सामाजिक अभियान्ता अविनाश पन्थले पानी वितरण गरेका छन् ।

    देशका विभिन्न स्थानबाट आएका श्रद्धालुहरू देवीको दर्शनका लागि घण्टौँ लामो लाइनमा उभिएर बस्दा समस्या भएपछि पन्थले पानी वितरण गरेका हुन् ।

    चर्को घाम र भीडका कारण थकित बनेका श्रद्धालुहरूलाई उनले पानी उपलब्ध गराउँदै मानवीय सेवा भाव प्रदर्शन गरेका हुन्।

    भक्तजनहरूले सामाजिक अभियन्ता पन्थको यस कार्यको प्रशंसा गर्दै नयाँ वर्षको सुरुवातमै गरिएको यस्तो सहयोगले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिएका छन्।