


दमाैली, २ वैशाख । सामाजिक सेवामा सक्रिय लियो क्लब अफ तनहुँले एक दिने निःशुल्क अनुहार तथा कपाल परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम यही वैशाख ५ गते, शनिबार, व्यास नगरपालिका–३ स्थित विकल्प फार्मेसीमा सञ्चालन हुने क्लबका अध्यक्ष लियो रोबिन श्रेष्ठले बताए ।
कार्यक्रम बिहान १०:१५ बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछ। आधुनिक प्रविधिको प्रयोगमार्फत दक्ष चिकित्सकद्वारा सहभागीहरूको अनुहार तथा कपालको परीक्षण गरिने आयोजकले जानकारी दिएका छन्।
यस कार्यक्रमबाट स्थानीय सर्वसाधारणलाई आफ्नो छाला तथा कपालसम्बन्धी समस्या पहिचान गर्न र उचित परामर्श प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। उक्त कार्यक्रम विकल्प फार्मेसीको सहयोग तथा लियो क्लब अफ तनहुँको सक्रियतामा आयोजना गर्न लागिएको हो।
इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८४६०४३४५९ र ९७०९१५२८११ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। लियो क्लब अफ तनहुँले यस्ता सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ।