एमाले अध्यक्ष ओली डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्ष ओली डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८३, शनिबार

    काठमाडौ, ५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ डिस्चार्ज भएका छन्।

    त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि उनी भक्तपुरको गुण्डुस्थित निवास फर्किएका हुन्।

    गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न प्रहरीले ओलीलाई गत चैत १४ गते पक्राउ गरेको थियो।

    पक्राउ परेकै दिन स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल लगिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँ भर्ना भएका थिए।