कौराहा घोषणापत्र जारी गरेर राष्ट्रिय कौराहा सम्मेलन सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कौराहा घोषणापत्र जारी गरेर राष्ट्रिय कौराहा सम्मेलन सकियो

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८३, शनिबार

    दमौली, ५ वैशाख । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनले कौराहा घोषणापत्र जारी गरेको छ । मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण र दस्तावेजीकरण गर्ने उद्धेश्यसहित शुक्रबारदेखि सुरु भएको सम्मेलनले शनिबार कौराहा घोषणापत्र जारी गरेको आयोजकले जनाएको छ ।

    नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ तनहुँको सहआयोजनामा जारी सम्मेलनले कार्यदल विज्ञ समितिमार्फत् कौराहा घोषणापत्र जारी गरेको नेपाल मगर सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष नन्दु मगरले जानकारी दिए ।

    कौराहा सम्मेलनका लागि यमबहादुर आलेको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको थियो । सम्मेलनमा २७ समूहको सहभागिता रहेको थियो ।