


दमौली, ५ वैशाख । व्यास नगरपालिका–२ स्थित गोशली क्याफेको आयोजनामा दमौलीमा सम्पन्न ‘जेनजी कप’ बास्केटबल प्रतियोगितामा पुरुषतर्फ एआइएमसी पोखराले उपाधि जितेको छ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा पोखराकै मर्दीलाई पराजित गर्दै एआइएमसी पोखराले उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।
महिलातर्फ भने नमस्ते दमौली प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद २० हजार रुपैयाँ र महिलातर्फ विजेताले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
विजेता टोलीलाई व्यास-३ का वडाध्यक्ष अनुप राना, आयोजक भुवन गोशली तथा हैरान्स क्लबका सचिव उज्वल भट्टराईले पुरस्कार वितरण गरेका थिए।