


काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो ।