


दमौली, ११ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको पहिचान भएको छ । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ को बस दुर्घटना हुँदा मृत्यु भएका र घाइतेहरुको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६५ वर्षीया जसमाया सुनार रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अर्का मृतक ३० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै दुर्घटनामा घाइते भएका २९ जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल लगिएको छ । त्यसमध्ये तीन जना उपचारपश्चात् घर फर्किएको प्रनाउ विकले बताए।
दुर्घटनामा बस चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ बस्ने ३५ वर्षीय तेजकुमार शाही, कास्कीको पोखरा महानगरपालिका १४ बस्ने ६४ वर्षीय भरतकुमार श्रेष्ठ, गोरखाको बारपाक सुलीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय खड्कबहादुर भट्ट, रुपन्देहीका १५ वर्षीया कुसुम गुरुङ, पाल्पाको निस्दी गाउँपालिका ४ बस्ने २२ वर्षीया दिलमाया बयम्बु, तनहुँको शुक्लागण्डकी नगरपालिका ७ बस्ने २५ वर्षीया सुस्मिता थापा राना, नवपरासीका ३७ वर्षीया सविता थापा, चितवनको भरतपुर बस्ने ६० वर्षीया पार्वती अधिकारी, सोही ठाउँका १२ वर्षी अमिस कार्की, नवलपरासीका ५६ वर्षीया दुर्गादेवी थापा, ९ वर्षीया अनिशा कार्की घाइते भएका छन् ।
यस्तै तनहुँको म्याग्दे गाउँपालिका २ बस्ने ६१ वर्षीया मिराकुमारी श्रेष्ठ, बागलुङको काठेखोला गाउँपालिका ८ बस्ने ६४ वर्षीया द्रोपती रोका, पोखरा महानगरपालिका ३३ बस्ने २४ वर्षीय सुदीप कुंवर, तनहुँको व्यास नगरपालिका बस्ने ३६ वर्षीया अस्मिता सुनार, १३ वर्षीया प्रेरणा सुनार, व्यास नगरपालिका ५ बस्ने ३० वर्षीय सुकबहादुर भुजेल, ५८ वर्षीया ताराबहादुर नेपाली, नवलपुरको गैडाकोट १३ बस्ने ५१ वर्षीया तुलाराम पौडेल, दैलेखका ३७ वर्षीय हर्कबहादुर शाही, रुपन्देहीका ६४ वर्षीय प्रेमकुमारी गुरुङ, सोही ठाउँका ५५ वर्षीया गङ्गादेवी थापा, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ४६ वर्षीया शान्ति सुनार, सोही ठाउँ बस्ने ४८ वर्षीय रामबहादुर सुनार, रुपन्देहीका ४५ वर्षीय रिमा थापा, तनहुँको व्यास नगरपालिका ३ बस्ने ३६ वर्षीय देव गजमेर, चितवनको भरतपुर महानगरपािलका ८ बस्ने १७ वर्षीय सुमन शाही, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ६२ वर्षीय किसान सुनार, ठेगाना नखुलेकी ३३ वर्षीया भट्टी माया गुरुङ, ३० वर्षीय रामरुप मण्डल, रुपन्देहीका ५० वर्षीया विष्णु गुरुङ, २६ वर्षीय भूमिकुमार श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।