बस दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बस दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८३, शनिबार

    दमौली, १२ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ को बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६५ वर्षीया जसमाया सुनार र पाल्पाको निस्दी गाउँपालिका–७ सिन्दुरे बस्ने २४ वर्षीया धमिसरा राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । दुवै जनालाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    दुर्घटनामा घाइतेमध्ये १७ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, १२ जनाको अन्नपुर्ण अस्पताल पोखरामा उपचार भइरहेको र ४ जना डिस्चार्ज भएका छन् ।

    दुर्घटनामा बस चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ बस्ने ३५ वर्षीय तेजकुमार शाही, कास्कीको पोखरा महानगरपालिका १४ बस्ने ६४ वर्षीय भरतकुमार श्रेष्ठ, गोरखाको बारपाक सुलीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय खड्कबहादुर भट्ट, रुपन्देहीका १५ वर्षीया कुसुम गुरुङ, पाल्पाको निस्दी गाउँपालिका ४ बस्ने २२ वर्षीया दिलमाया बयम्बु, तनहुँको शुक्लागण्डकी नगरपालिका ७ बस्ने २५ वर्षीया सुस्मिता थापा राना, नवपरासीका ३७ वर्षीया सविता थापा, चितवनको भरतपुर बस्ने ६० वर्षीया पार्वती अधिकारी, सोही ठाउँका १२ वर्षी अमिस कार्की, नवलपरासीका ५६ वर्षीया दुर्गादेवी थापा, ९ वर्षीया अनिशा कार्की घाइते भएका छन् ।

    यस्तै तनहुँको म्याग्दे गाउँपालिका २ बस्ने ६१ वर्षीया मिराकुमारी श्रेष्ठ, बागलुङको काठेखोला गाउँपालिका ८ बस्ने ६४ वर्षीया द्रोपती रोका, पोखरा महानगरपालिका ३३ बस्ने २४ वर्षीय सुदीप कुंवर, तनहुँको व्यास नगरपालिका बस्ने ३६ वर्षीया अस्मिता सुनार, १३ वर्षीया प्रेरणा सुनार, व्यास नगरपालिका ५ बस्ने ३० वर्षीय सुकबहादुर भुजेल, ५८ वर्षीया ताराबहादुर नेपाली, नवलपुरको गैडाकोट १३ बस्ने ५१ वर्षीया तुलाराम पौडेल, दैलेखका ३७ वर्षीय हर्कबहादुर शाही, रुपन्देहीका ६४ वर्षीय प्रेमकुमारी गुरुङ, सोही ठाउँका ५५ वर्षीया गङ्गादेवी थापा, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ४६ वर्षीया शान्ति सुनार, सोही ठाउँ बस्ने ४८ वर्षीय रामबहादुर सुनार, रुपन्देहीका ४५ वर्षीय रिमा थापा, तनहुँको व्यास नगरपालिका ३ बस्ने ३६ वर्षीय देव गजमेर, चितवनको भरतपुर महानगरपािलका ८ बस्ने १७ वर्षीय सुमन शाही, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ६२ वर्षीय किसान सुनार, ठेगाना नखुलेकी ३३ वर्षीया भट्टी माया गुरुङ, ३० वर्षीय रामरुप मण्डल, रुपन्देहीका ५० वर्षीया विष्णु गुरुङ, २६ वर्षीय भूमिकुमार श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।