तनहुँमा अवैध सामग्री र लागुऔषध सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अवैध सामग्री र लागुऔषध सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८३, शनिबार

    दमौली, १२ वैशाख । तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोलमा अवैध सामग्री र लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरी टोलीले स्थानीय आज बिहान ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङको घरमा खानतलासी गर्दा अवैध सामग्री र लागुऔषध सहित निजलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार निजको घरको पूजा कोठा, सुत्ने कोठालगायत विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ट्रामाडोल दुई सय ४८ क्याप्सुल, गाँजा करिब दुई सय ग्राम र भोमिन २५० क्याप्सुल बरामद गरिएको छ ।

    त्यस्तै जरायोको सिङजस्तो देखिने वस्तु दुई थान, गैँडाको छालाजस्तो देखिने सानो टुक्रा एक थान, पञ्चमुखे शङ्ख, खुकुरी, चक्कु, मोबाइल सेटहरू तथा अन्य शङ्कास्पद सामग्रीसमेत बरामद गरिएको विकले बताए ।

    बरामद सामग्रीसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनीमा राखिएको छ ।