


दमौली, १४ वैशाख । आँबुखैरेनी गाउँपालिका–३ स्थित मनकामना चोकमा एक असहाय बालिकाको शिक्षालाई सुनिश्चित गर्दै वडा अध्यक्ष दिनेश केसीले उदाहरणीय कार्य गरेका छन् । आर्थिक अभावका कारण भविष्य अन्योलमा परेकी उक्त बालिकालाई उनले कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने तथा सम्पूर्ण शैक्षिक खर्च आफैं व्यहोर्ने घोषणा गरेका हुन्।
वडा अध्यक्ष केसीको यस पहलले स्थानीय स्तरमा सकारात्मक सन्देश फैलाएको छ। बालिकाको शिक्षा सुनिश्चित भएसँगै उनको भविष्यप्रति देखिएको चिन्ता समेत कम भएको स्थानीयवासीले बताएका छन्।
यस अभियानमा स्थानीय प्रकाश श्रेष्ठले समेत साथ दिएका छन् । उनीहरुको संयुक्त प्रयासले एक बालिकाको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
आर्थिक अभावमा बालिकाको भविष्य नबिग्रियोस् भनेर सम्पूर्ण खर्चको जिम्मा लिएको केसीले बताए ।