रेडियो ढोरवाराहीको अध्यक्षमा पुन: पण्डित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रेडियो ढोरवाराहीको अध्यक्षमा पुन: पण्डित

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८३, सोमबार

    दमौली, १४ वैशाख । तनहुँको दुलेगौडाबाट प्रशारित हुने रेडियो ढोरबाराहीको अध्यक्षमा पुनःकृष्णराज पण्डित चयन भएका छन् । रेडियोको आइतबार सम्पन्न चौँधौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मार्फत पण्डितको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको हो ।

    कास्की जिल्लाको पोखरा महानगरपालिका २० आँटीघरमा सम्पन्न भएको अधिवेशन मार्फत उपाध्यक्ष खेमराज खनाल, सचिवमा फडिन्द्र पौडेल, कोषाध्यक्षमा राजकुमार वाग्ले राजु र सहसचिवमा विष्णुबहादुर महत चयन भएका छन् ।

    यस्तै कार्य समितिको सदस्यमा बसन्त ज्वारचन, ज्ञानप्रसाद भण्डारी, रविन्द्रराज पौडल, इश्वर शर्मा, कृष्णप्रसाद लामिछाने र विनोद राउत चयन भएका छन् । साथै अधिवेशन मार्फत रेडियोको लेखा समितिको संयोजकमा मानकुमार तिम्ला र सदस्यमा ऋषिबहादुर बस्नेत र मनश्याम ज्वारचनलाई चयन गरिएको छ ।

    पण्डितले रेडियोको वर्तमान चुनौतीहरुलाई चिरेर नयाँ उचाईमा पुर्याउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।