


दमौली, १५ वैशाख । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी संस्थाका अध्यक्ष चिजबहादुर दरैको अन्त्येष्टि गरिएको छ । मङ्गलबार निधन भएका दरैको बुल्दीछाब्दी घाटमा अन्त्येष्टि गरिएको थियो ।
त्यसअघि दरैको निवासमा पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनको शवमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली काङ्ग्रेसका नेताहरु, सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैका श्रीमान उनी विभिन्न संघसंस्थामा आबद्ध थिए ।