तनहुँको डुम्रेमा नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको डुम्रेमा नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८३, बुधबार

    दमौली, १६ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।

    नेपाल प्रहरीले आमनागरिकलाई प्रदान गर्दै आएको सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने तथा नागरिकका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, बन्दीपुर–१ का वडा सदस्य प्रेमबहादुर शाही, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति दीपक श्रेष्ठ, सीकेविके क्याम्पसका निवर्तमान अध्यक्ष सुन्दरलाल श्रेष्ठ लगायत बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

    सुनुवाइ कार्यक्रममा सहभागीहरूले डुम्रे बजार क्षेत्रमा प्रहरीले प्रदान गर्दै आएको सेवा, ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रणलगायतका विषयमा जिज्ञासा राख्दै सकारात्मक सुझाव प्रस्तुत गरेका थिए।

    कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ जिल्ला प्रहरी प्रमुख कार्की तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले दिएका थिए ।