डुम्रेबाट हराएको गाडी काठमाडौमा फेला, एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेबाट हराएको गाडी काठमाडौमा फेला, एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८३, बुधबार

    दमौली, १६ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेबाट हराएको सवारी साधन काठमाडौँमा फेला परेको छ।

    मंगलबार राति करिब २३:५० बजेको समयमा सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि पार्किङ गरी राखिएको ग २ च ७७९३ नम्बरको गाडी हराएको थियो। उक्त गाडी गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ मा रहेको पालुङ पोल्ट्री फिसर फर्म प्रा.लि.को नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।

    घटना सम्बन्धी जानकारी प्रहरी चौकी डुम्रेमा प्राप्त हुनासाथ प्रहरी टोली परिचालन भई खोजतलास सुरु गरिएको थियो।

    अनुसन्धानका क्रममा बुधबार बिहान ०८:४० बजे काठमाडौँको कुलेश्वरस्थित सकिल अटो वर्कसपमा पार्किङ अवस्थामा उक्त गाडी फेला पारिएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए। प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय बिपिन मगरलाई गाडी सहित नियन्त्रणमा लिएको छ।

    नियन्त्रणमा लिइएको सवारी साधन तनहुँ ल्याउने क्रममा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।