


काठमाडाै, १६ वैशाख । सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै फेरि यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो ।
बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ । यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ ।