


दमौली, ३० वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना स्थित पृथ्वीराजमार्गमा मंगलबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
खैरेनीटारबाट पोखरातर्फ जाँदै गरेको ग ७ प ६९८३ नम्बरको मोटरसाइकल र सर्भिस लेनबाट राजमार्गमा निस्कँदै गरेको ग २३ प १ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा ग ७ प ६९८३ नम्बरको मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१ नयाँबजार बस्ने ३८ वर्षीय सिकन्दर प्रसाद केसरी घाइते भएका छन्। उनको निधारमा चोट लागेको र बोल्न सक्ने अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा पठाइएको थियो।
यस्तै सोही मोटरसाइकलको पछाडि सवार कास्कीको रुपा गाउँपालिका–१ निवासी २२ वर्षीय सुनिल पौडेल घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। प्रारम्भिक उपचार युनिक मेडिकल तालचोक पोखरामा गरिएको थियो।