जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८३, बुधबार

    दमौली, ३० वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध भएको जनाएको छ।

    गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएको र मर्मत कार्य जारी रहेकाले नयाँ विवरण दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण सेवा प्रभावित भएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट वैशाख २९ गते प्राप्त सूचनाअनुसार समस्या समाधान नभएसम्म राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा विवरण सच्याउने सेवा स्थगित गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै समस्या समाधान हुनासाथ सेवा पूर्ववत् सञ्चालन गरिने जनाएको छ।