


चितवन, २७ जेठ । भरतपुर महानगरपालिका-५ सिमाना टोलस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको उनीहरूलाई प्रहरीले नगद ४४ हजार ८ सय ४५ नेपाली रूपैयाँ, ५ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।