


दमौली, २८ जेठ । तनहुँ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ३ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति जेठ २७ गते बिहान ६ः०० बजेदेखि जेठ २८ गते बिहान ६ः०० बजेसम्म भएका दुर्घटनामा ४ जना घाइते भएका हुन्।
दुर्घटनामा घाइते भएका चारै जना उपचाररत रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
दुर्घटनाका कारण विभिन्न पाँच वटा सवारी साधनमा क्षति पुगेको छ। क्षति हुने सवारी साधनमध्ये २ वटा ट्रक, २ वटा मोटरसाइकल र १ वटा हायस रहेका छन्। ट्रकमध्ये एउटा आंशिक र अर्कोमा सामान्य क्षति पुगेको छ भने दुवै मोटरसाइकलमा आंशिक क्षति भएको छ। हायसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी चालकलाई सडकमा सावधानी अपनाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।