तनहुँमा भूमि समस्या समाधान समिति गठन, नापी कार्यालयलाई सचिवालय तोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भूमि समस्या समाधान समिति गठन, नापी कार्यालयलाई सचिवालय तोकियो

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८३, बिहीबार

    दमौली, २८ जेठ । तनहुँ जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ । सरकारको निर्णय बमोजिम आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमध्येबाट व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक, डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहेका छन् ।

    यसैबीच समितिको आजै बसेको पहिलो बैठकले नापी कार्यालयलाई सचिवालय तोक्ने निर्णय गरेको छ । यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति, व्यास नगरपािलका, भूमि प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ ।