काभ्रेमा बस दुर्घटना, ८ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काभ्रेमा बस दुर्घटना, ८ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८३, शुक्रबार

    काठमाडौ, २९ जेठ । काभ्रेको नमोबुद्ध न.पा.-३ बुच्चाकोटस्थित बी.पी. राजमार्ग सडकखण्डमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो २ बजे बनेपाबाट रोशी सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।

    २४ जना सवार मध्ये दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।