२४ घण्टामा तनहुँमा दुई सवारी दुर्घटना, तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २४ घण्टामा तनहुँमा दुई सवारी दुर्घटना, तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८३, शनिबार

    दमौली, ३० जेठ । पछिल्लो २४ घण्टामा तनहुँस्थित पोखरा–मुग्लिङ सडकखण्डमा दुई वटा सवारी दुर्घटना भएका छन्।

    दुर्घटनामा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरू उपचाररत रहेका छन्।

    दुर्घटनाबाट दुई वटा सवारी साधनमा आंशिक क्षति पुगेको छ। क्षति हुने सवारी साधनमा एक मोटरसाइकल र एक स्कुटर रहेका छन्।

    सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई सावधानीपूर्वक सवारी सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।