तनहुँमा सर्च एण्ड स्विप अपरेसन : १९ शंकास्पद व्यक्ति नियन्त्रणमा, ९ जनामाथि अनुसन्धान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्विप अपरेसन : १९ शंकास्पद व्यक्ति नियन्त्रणमा, ९ जनामाथि अनुसन्धान जारी

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८३, बिहीबार

    दमौली, ४ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण, शान्ति–सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग रोकथामका उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका १९ जनामध्ये ९ जनामाथि थप अनुसन्धान भइरहेको छ भने अन्य व्यक्तिहरूमाथि आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गरी छाडिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न तथा विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।