म्याग्दे गाउँपालिकाको सभाबाट पाँच वटा सङ्कल्प प्रस्ताव पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको सभाबाट पाँच वटा सङ्कल्प प्रस्ताव पारित

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८३, बिहीबार

    दमौली, ४ असार । म्याग्दे गाउँपालिकाको बिहीबार आयोजित गाउँसभाको २० औं गाउँसभाबाट पाँच वटा सङ्कल्प प्रस्ताव पारित गरेको छ । गाउँसभामा उपाध्यक्ष एवं राजश्व परामर्श समितिका संयोजक घिमिरेले विभिन्न पाँच वटा विषयमा सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

    घिमिरेले त्यसक्रममा हाटबजार सञ्चालन गर्ने, भूमि प्रशासन सम्बन्धी काम पालिकाबाट सुरु गर्ने, नदीखोलाको मापदण्ड लागु गर्ने, अर्गानिक उत्पादन र बजारीकरणका लागि म्याग्दे अर्गानिक मिनी मार्ट स्थापना गर्ने सङ्कल्प प्रस्ताव गरेका थिए ।

    सो सङ्कल्प प्रस्ताव उपर कार्यपालिका सदस्य बद्रीका घिमिरे, बसन्तकुमार श्रेष्ठ, शिवबहादुर आलेले भाग लिएका थिए । सङ्कल्प प्रस्ताव उपर उठेका विषयमा उपाध्यक्ष घिमिरेले जवाफ दिएका थिए । त्यसपश्चात् गाउँपालिकाका अध्यक्ष श्रेष्ठले उक्त प्रस्ताव सभामा प्रस्तुत गरेकामा सभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

    गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले यस अवधिमा १८४ ऐन, नियम, नीति बनाएको जानकारी दिए । पहिलो कार्यकालमा ९० र दोस्रो कार्यकालमा ९४ वटा ऐन नियम बनेको उनले बताए ।