तनहुँमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८३, बिहीबार

    दमौली, ४ असार । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषध तथा गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका बुधबार ब्यास नगरपालिका–१० नयाँबस्ती क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।

    प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल ३४० क्याप्सुल, मेगालिन ९० क्याप्सुल तथा सोही लागुऔषधसँग प्रयोग हुने स्पास्पेन २८ क्याप्सुल, एन्टिकोफ १८ क्याप्सुल र भोमिन ४ क्याप्सुल गरी जम्मा ४८० क्याप्सुल बरामद गरेको जनाएको छ। साथै गाँजाजस्तो देखिने पदार्थ ३० ग्राम पनि फेला परेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।