तनहुँमा दुर्घटना न्यूनीकरणको पहल : २९८ चालकलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुर्घटना न्यूनीकरणको पहल : २९८ चालकलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । बिहानीको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा शुक्रबार बिहान ४ बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डमा चालक सचेतना कार्यक्रम सञ्चालन गरी २९८ जना चालकलाई सचेतना प्रदान गरेका छन्।

    अभियानका क्रममा ९८ जना दुईपांग्रे, ७० जना चारपांग्रे तथा १३० जना ठूला सवारी साधनका चालकलाई सडक सुरक्षा, सुरक्षित गति, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षासम्बन्धी जानकारी दिइएको थियो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बिहानको समयमा निद्रा, थकान तथा लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले चालकले ट्राफिक नियमको पूर्ण पालना गर्दै सावधानीपूर्वक सवारी सञ्चालन गरे दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे।

    प्रहरीका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।