


दमौली, ५ असार । जेसीआई व्यास नगरको आयोजनामा सप्ताहान्त सुरु भएको छ। जसअनुसार पहिलो दिन शुक्रबार व्यास नगरपालिका–३ प्रशासन चोकस्थित पार्क तथा जेसीज धाराको सरसफाइ गरिएको छ ।
जेसीआई व्यास नगरका अध्यक्ष अजर नागिलाका अनुसार सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै सप्ताहान्त सञ्चालन गरिएको हो। अभियानको पहिलो दिन पार्क परिसर र जेसीज धाराको सरसफाइ गरी वातावरण संरक्षण तथा सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्याइएको उनले बताए।
अध्यक्ष नागिलाले सप्ताहान्त अन्तर्गत विविध कार्यक्रम गरिने जानकारी दिए।

