रास्वपा महाधिवेशनमा तनहुँबाट ४० प्रतिनिधि सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा महाधिवेशनमा तनहुँबाट ४० प्रतिनिधि सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको असार ७ गतेदेखि चितवनमा हुने प्रथम महाधिवेशनमा तनहुँबाट ४० प्रतिनिधि सहभागी हुने भएका छन् । तनहुँ जिल्लाबाट जिल्ला कार्यसमिति, नगर समिति, गाउँ कार्यसमिति, केन्द्रीय विभाग लगायतबाट ४० प्रतिनिधि सहभागी हुने रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए ।

    उनका अनुसार जिल्ला कार्यसमितिबाट सभापति सहित पाँच जना, नगर कार्यसमितिबाट दुई÷दुई महाधिवेशन प्रतिनिधि, गाउँ कार्यसमितिबाट एक÷एक महाधिवेशन प्रतिनिधि, दुई जना क्षेत्रीय सभापति, दुई जना क्षेत्रीय उपसभापति, जिल्लाका नौ पालिकाका सभापति प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

    यस्तै तनहुँ जिल्लाका दुई जना सांसद स्वतः प्रतिनिधि हुने व्यवस्था रहेको छ । विभिन्न केन्द्रीय विभागमा रहेकाहरुले पनि जिल्लाबाट प्रतिनिधिका रुपमा सहभागिता जनाउने सभापति बास्तोलाले जानकारी दिए ।