खाजा बनाउने क्रममा आगलागी, एक महिला घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाजा बनाउने क्रममा आगलागी, एक महिला घाइते

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । व्यास नगरपालिका–१२ छिर्कनस्थित एक घरमा आज दिउँसो आगलागी हुँदा एक महिला घाइते भएकी छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो करिब २ बजे स्थानीय शान्तबहादुर थपलियाको एकतले टिनले छाएको कच्ची घरमा खाजा बनाउने क्रममा एक्कासी आगलागी भएको हो। आगलागी भएको देखेपछि घरभित्र रहेका सामान निकाल्ने क्रममा घरधनीकी श्रीमती ५५ वर्षीया मिना थपलिया घाइते भएकी हुन्।

    घाइते थपलियाको शरीरको तल्लो भागमा पोलेको छ। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ भने आगो नियन्त्रणमा आइसकेको छ।

    घिमिरेले आगलागीको कारण खाजा बनाउने क्रममा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै क्षतिको यकिन विवरण संकलन भइरहेको जानकारी दिए ।