मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । गण्डकी प्रदेश सरकारले व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ।

    प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय तनहुँमार्फत उक्त योजना कार्यान्वयन गरिने भएको हो। मानुङकोटलाई थप व्यवस्थित तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिएको जनाइएको छ।

    मानुङकोट पछिल्लो समय कुहिरो र मनमोहक सूर्योदय अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। यहाँबाट देखिने हिमशृङ्खला, पहाडी दृश्य र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।