पहिराले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पहिराले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    दमौली, ५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज राति १० बजे पहिरा जाँदा पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साँझदेखि परेको वर्षाका कारण पहिरा खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सडकबाट अन्दाजी ३० मिटर माथिबाट हिलोमाटो र ढुङ्गा सहितको पहिराले उक्त खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    सडक सुचारु गराउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसिबी पहिरास्थल लगिएको उनले बताए ।