


दमौली, ५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज राति १० बजे पहिरा जाँदा अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । १०ः४५ बजे पहिरा पन्छाएर आँबुखैरेनी मुग्लिन सडकखण्ड सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडक डिभिजन कार्यालय आँबुखैरेनीको सहयोगमा पहिरा पन्छाएर राजमार्ग सुचारु गराइएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । राजमार्ग सुचारु भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
साँझदेखि परेको वर्षाका कारण सडकबाट अन्दाजी ३० मिटर माथिबाट हिलोमाटो र ढुङ्गा सहितको पहिराले उक्त खण्ड अवरुद्ध भएको थियो ।