सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेललाई विभागमा उपस्थित गराइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेललाई विभागमा उपस्थित गराइयो

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८३, मंगलवार

    काठमाडाै ९ असार । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।

    सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याएर ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित गराइएको हो। विभाग स्रोतका अनुसार उनीमाथि थप अनुसन्धान अघि बढाउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

    पौडेललाई सोमबार वीरेन्द्रनगरस्थित एक होटलबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई बाँके हुँदै काठमाडौं ल्याइएको हो। विभागले अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शंकास्पद आर्थिक कारोबार र सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको जनाएको छ।

    अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार हाल कारागारमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित केही व्यावसायिक कारोबार र निर्णय प्रक्रियाबारे समेत छानबिन भइरहेको छ। विभिन्न पक्षबाट प्राप्त बयान तथा कागजातका आधारमा अनुसन्धान अगाडि बढाइएको विभाग स्रोतको भनाइ छ।