तनहुँमा तेल ट्याङ्कर र मालबाहक ट्रक ठोक्किँदा दुई चालक घाइते, पृथ्वी राजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा तेल ट्याङ्कर र मालबाहक ट्रक ठोक्किँदा दुई चालक घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८३, मंगलवार

    दमौली, ९ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसस्थित पृथ्वी राजमार्गमा तेल बोक्ने ट्याङ्कर र मालबाहक ट्रक आज सॉझ एकापसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्।

     मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख.७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा ट्याङ्कर चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ निवासी ४३ वर्षीय हरीबहादुर घर्ती दायाँ खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन्। यस्तै ट्रक चालक धादिङको नौबिसे नगरपालिका–८ निवासी ३९ वर्षीय गौतम श्रेष्ठको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

    दुवै घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    दुर्घटनापछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । प्रहरी निरीक्षक प्रदीप सुबेदीको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएर सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।