


काठमाडाै ९ असार । रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए ।
केसीले राती १२ बजेसम्म उम्मेदवारको दर्ता हुने बताए । उनले भोली बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्ने बताए ।